News

गणतन्त्रका लागि लडेका प्रधानमन्त्रीको विरोध गर्दा जेलको बास

गणतन्त्रका लागि लडेका प्रधानमन्त्रीको विरोध गर्दा जेलको बास

गणतन्त्रको स्थापना र अभिब्यक्ति स्वतन्त्रताका लागि १२ वर्ष सशस्त्र संघर्ष गरेका प्रधानमन्त्री विरुद्ध नारा लगाउँदा तीन जना युवा जेल पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ती युवालाई जेलमा पुर्याएको हो। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मालाई कारागार चलान गरेको हो।

जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। 

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। उनीहरुलाई तत्कालै पक्राउ गरी मुख थुनेर नारा जुलुस रोकेको थियो। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। यस विषयमा ब्यापक आलोचना भएको थियो।

तर, प्रहरीले उनीहरुलाई अभद्र व्यवहार मुद्दा चलायो। प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।
 

विशेष