News

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दामा आज अन्तिम सुनुवाई हुने भएको छ। 

जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। 

शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ।

यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेशमा उल्लेख छ। 

यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ। 

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर उच्च अदालतले त्यो आदेश बदर गर्दै सन्दीपलाई ५ सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो।


सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै सन्दीप दुबईमा क्रिकेट खेलेर फर्किएका थिए। 
 

सन्दीप लामिछाने

विशेष