News

फेसवुकमा ‘हावा पोष्ट’ गरेपछि प्रधानमन्त्री पुत्री गंगाले मागिन माफी

फेसवुकमा ‘हावा पोष्ट’ गरेपछि प्रधानमन्त्री पुत्री गंगाले मागिन माफी

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ‘फ्लड लाइट जडान भएको’ भन्दै फेसवुकमा हावा पोष्ट(गलत पोष्ट) सहितको फोटो अपलोड गरेपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री गंगा दाहालले माफी माग्नु परेको छ।

प्रधानमन्त्री दाहालको स्वकिय सचिव समेत रहेकी गंगाले पोष्ट गरेको फोटो फ्लड लाइट जडान गरेको नभई इडिट गरिएको पाइएकाले उनको आलोचना भयो। त्यसपछि उनले आईतवार साँझ अर्को पोष्ट गर्दै माफी मागेकी छिन्। 

उनको पोस्टमा भूलबस पोस्ट भएको उनले बताएकी छन्। गलत सूचनाका कारण भूलवस निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोस्ट हुन गएको बताउँदै शब्दलाई भन्दा पनि विषयको भावनालाई बुझिदिन अनुरोधसमेत गरेकी छन्।

प्रधानमन्त्रीले खेलकुद परिषद्लाई फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएकाले सोही अनुरुप काम पनि अघि बढिसकेको दाहालले बताएकी छन्। 

‘कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लड लाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएकोमा परिषद्ले सोहीअनुरूप काम अगाडि बढाएको छ’ उनले भनेकी छन्–‘सो रंगशालामा काम अगाडि बढेको हुनुपर्नेमा गलत सूचनाका कारण भूलवश निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोष्ट हुन गएको छ। तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनुहुन सबैमा आग्रह गर्दछु धन्यवाद।’

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गंगा दाहाल

विशेष