News

एआईजी बढुवाका लागि ४ जनाको नाम सिफारिस

एआईजी बढुवाका लागि ४ जनाको नाम सिफारिस

गृहमन्त्रालयले नेपाल प्रहरीका चार जना डीआईजीहरुको नाम बढुवाका लागि सिफारिस गरेको छ। डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङको नाम एआईजीमा बढुवाका लागि सिफारिसमा परेको हो।

६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् भने ६८.२११२ नम्बरसहित सुदिप दोस्रो नम्बरमा छन्। तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर छ। 

यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।

उनीहरूभन्दा अघिल्लो वरियतामा रहेका वसन्त कुँवर आईजीपी भइसकेका छन्। टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भइसकेका छन्।

चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकास भएपछि र कुँवर आईजीपीमा पदोन्नती भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो। नेपाल प्रहरीमा जनजपदतर्फ ८ एआईजीको दरबन्दी छ।

विशेष