News

'काठमाण्डौंका ८० प्रतिशत पत्रकार चीनियाँ  पैसा खान्छन, बेईजिङको कन्टेन्ट बोक्छन'

जर्मन राजदुतसँग किन डरायो पत्रकार महासंघ ?

'काठमाण्डौंका ८० प्रतिशत पत्रकार चीनियाँ  पैसा खान्छन, बेईजिङको कन्टेन्ट बोक्छन'

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गत चैत ३ गते सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भेट्न आएको नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्दै अभिब्यक्ति दिए।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन सल्लाह समेत दिए। मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको बुझाई उनले शब्दमै ब्यक्त गरिदिए। पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै उनले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए।

‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो। अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ। जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन पत्रकारहरु। अब पत्रकारहरु विक्रीमा छन। संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन’ उनले भने–‘र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले। किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि। त्यसको प्रभावचाँही कुनै न कुनै रुपमा परिरहेको छ। विग हाउसहरुले प्रभावित पारेको छ। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ।’

सभामुखको यो अभिब्यक्तिपछि चैत ४ गते नै महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र संचार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाउँदै आरोप पुष्टी गर्न चुनौती दिए। 

‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित संचार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ’ महासचिव पुरीले बिज्ञप्तिमा भने ‘महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई संचार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गर्दछ ।’

यस लगत्तै चैत ६ गते सभामुख घिमिरे र महासंघका पदाधिकारीहरुबीच भेटघाट भयो। भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गतेको अभिब्यक्तिले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बतायो। सभामुख घिमिरेले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताएपछि महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल फर्किए।

यति भएपछि सभामुखसँगको समस्या त सकियो, तर पत्रकार महासंघप्रति अर्को समस्या आईलागेको छ। सभामुखलाई र्याखर्याखी पार्ने महासंघ त्यसको एक महिना अघि नै जर्मनीका राजदुतले दिएको अभिब्यक्तिका विषयमा किन चुप लागेर वसेको भन्दै प्रश्न उठेको छ।

जर्मन राजदुतले एउटा सार्वजनिक कार्यक्रममा ‘काठमाण्डौंका ८० प्रतिशत भन्दा वढि पत्रकारहरु चीनले तयार गरेको कन्टेन्ट वोकेर उतैको तवल खाएर वसेका छन्’ भनेर आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै राजदुतको त्यो अभिब्यक्तिको अझसम्म पनि विरोध नभएकोमा सरोकारवालाको आपत्ति छ। काठमाण्डौंमा आयोजित एउटा कार्यक्रममा वोल्दै नेपाल पत्रकार विकास समाजका अध्यक्ष माधव प्रसाद तिवारीले यस विषयमा गम्भिर आपत्ति जनाएका छन्।

‘पछिल्लो पटक सभामुखले जे कुरा गर्नु भो, सभामुखले गर्नु भन्दा एक महिना अगाडि जर्मन राजदुतले एउटा सार्वजनिक कार्यक्रममा काठमाण्डौंका ८० प्रतिशत भन्दा वढि पत्रकारहरु चीनको÷चीनमा तयार भएको÷वेईजिङमा तयार भएको कन्टेन्ट वोकेर त्यतैको तवल खाएर वसेका छन् भनेर आपत्तिजनक अभिब्यक्ति दिनु भो सार्वजनिक कार्यक्रममा’ तिवारीले भने–‘त्यस्तै खालको अभिब्यक्ति सभामुखको पनि आयो, जोडिएर । त्यही अभिब्यक्तिलाई सपोर्ट हुनेगरी। सभामुखको अभिब्यक्तिको पत्रकार महासंघले विरोध गर्यो तर जर्मन राजदुतको त्यो अभिब्यक्तिको अझ पनि विरोध गर्न सकेन। नाम लिन डराईराख्या छ। किन हो थाहा छैन।’

यद्यपी जर्मन राजदुतले तथ्यमा आधारित भएरै आफनो अभिब्यक्ति दिएका कारण महासंघका कुनै पनि पदाधिकारी वोल्न नसकेको वताईन्छ। ‘राजदुत भनेको देशको प्रतिनिधित्व गर्ने ब्यक्ति हुन, जथाभावी बोल्दा सम्वन्धित देशले कारवाही गर्ने र अन्तर्राष्ट्रिय रुपमै अपमानित हुने डर हुन्छ’ स्रोत भन्छ–‘तर, उनले नडराई बोले। खासमा नेपालका पत्रकारभन्दा पनि चीनको रणनीतिलाई उनले छताछुल्ल वनाए। यद्यपी धरातल कमजोर भएकैले नेपालका पत्रकार पनि उनका विरुद्ध उभिन सकेनन्।’ जर्मन राजदुतले नेपालका पत्रकारलाई चीनले ज्यामीको रुपमा प्रयोग गरिरहेको सत्यलाई स्थापित गरिदिएको सरोकारवालाहरु वताउँछन्।

यतिमात्र होईन, तिवारीले पत्रकार महासंघप्रति तिव्र असन्तुष्टि जनाएका छन् । पत्रकारिताको अहिलेको समस्यो चुरो भनेकै पत्रकार महासंघ भएको आरोप लगाएका छन् । ‘मैले देखको आजको दिनको पत्रकारिताको मुल समस्या भनेको चै पत्रकार महासंघ नै हो। म आफै पनि पत्रकार महासंघको एउटा एशोसियट संस्थाको अध्यक्ष हो, तपाईहरुको जानकारीको लागि। नेपाल पत्रकार विकास समाजको अध्यक्ष हो म, ०५२ सालमा स्थापना भएका’ तिवारी भन्छन्–‘यही संस्था समेतको सहभागितामा पत्रकार महासंघ वनेको हो, त्यो भन्दा अगाडि पत्रकार संघ थियो। भनेको यो महासंघ ‘महासंघ वन्नुमा’ म अहिले जुन संस्थाको नेतृत्व गरिरहेको छु, त्यो संस्थाको पनि ठुलो योगदान छ।’ 

महासंघले पत्रकारको समस्याका नाममा राजनीति गरोस भन्ने आफुहरुले चाहेपनि महासंघका पदाधिकारी पत्रकारको संख्या वढाएर चुनाव जित्ने ध्याउन्नमा मात्रै लागेको उनले आरोप लगाए । 

नेपाल पत्रकार महासंघ सभामुख देवराज घिमिरे जर्मन राजदुत

विशेष