News

मैले सीमाको कुरा उठाउँदा प्रचण्ड–देउवा कुम्लोकुटुरो बोकेर पोल लगाउन जान्छन्ः ओली

मैले सीमाको कुरा उठाउँदा प्रचण्ड–देउवा कुम्लोकुटुरो बोकेर पोल लगाउन जान्छन्ः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको बताएका छन् । पाल्पामा ग्रासरुट मिशन अभियानलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापपति शेरबहादुरहरूले देशको सिमाना खुम्च्याएको आरोप लगाए।

‘देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे,’ अध्यक्ष ओलीले भने, ’कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्।’

उनले दश दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताए । नेता ओलीले एमालेविरुद्ध सबै शक्ति एकजुट भएर अप्ठ्यारो पारेपछि कब्जा गर्न लागेको पार्टी फिर्ता गरेको बताए ।

एमालेलाई काम गर्न नदिएर हटाएपछि देशको भूगोल मिचिएको उनको जिकिर थियो । ‘मैले यति बोलेपछि भोलि कुम्लोकुटुरो बोकेर टिकट काटेर कुरा लगाउन जान्छन्’ ओलीले भने–‘हजुर पाल्पामा गएर केपी ओलीले त नेपालको सिमाना घटायो भन्यो नि हजुर । त्यसलाई त आउन दिनुभएन है ।’
 

विशेष