News

श्रीमतीबाटै यस्तोसम्म यातना पाएपछि कृष्ण लामिछानेले रोजे मृत्युको ढोका

यातनाका फोटा वाहिरिएपछि तातियो सामाजिक सञ्जाल

श्रीमतीबाटै यस्तोसम्म यातना पाएपछि कृष्ण लामिछानेले रोजे मृत्युको ढोका

अमेरिकाको टेक्सासस्थित एनआरएन अभियन्ता कृष्ण लामिछानेले एलपी भानु शर्माको एउटा फेसबुक स्टाटस शेयर गरे। जसमा लेखिएको थियो–‘संसारलाई छाड्ने दुईवटा ढोकाहरू छन् । १– मृत्युको ढोका २– मोक्षको ढोका । आफ्नो ढोका आफैँ रोज्नु राम्रो ।’

त्यसको ठिक तीन महिनापछि लामिछानेले सन्सार छोड्ने पहिलो बाटो रोजे। टेक्सासस्थित नेपाली समाजका अगुवा लामिछानेले आत्महत्या गरेको समाचार आयो ।

२१ मार्चको दिन उनले आत्महत्या गर्नुअघि नेपालमा रहेका भाइ कपिल लामिछानेसँग कुरा गरेका थिए । कपिललाई उनको घरमा भइरहेको तनाव र दाइले जुनसुकै कदम उठाउन सक्ने सम्भावनाबारे जे त्रास थियो, त्यही भयो । टेक्सस राज्यको डालसमा सहरमा बस्ने कृष्ण लामिछाने नेपाली समुदायमा परिचित नाम हुन् । उनको घरायसी समस्याबारे पनि सबैजसो साथीभाइ परिचित थिए । तर उनलाई सो कदम चाल्नबाट रोक्न वा सो कदम चालेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पार्ने कदमबारे भने नेपाली समाज मौन छ ।

मृत फेला परेका एनआरएन अगुवा कृष्णप्रसाद लामिछानेले श्रीमती र छोरीको यातना सहन नसकेर आत्महत्या गरेको दाबी त्यहाँका नेपालीले गरेका छन् । अहिले सामाजिक सञ्जालमा एकातर्फ उनकी श्रीमती माला र छोरीहरु रुदै कृष्णको अन्त्यष्टि गरेको फोटो र अर्कोतर्फ उनीहरुलाई कृष्णलाई यातना दिएर रक्ताम्मे वनाएको फोटो भाईरल भईरहेको छ।

‘उनकै परिवारले यो आत्महत्या होइन, हत्या हो भनेका छन् । घरको मान्छेको मिलेमतो, सहमति नभई त सम्भव हुँदैन घटना हेर्दाखेरि, उनीहरूको संलग्नता नभएपनि उनीहरूको मिलेमतो रहेको बुझिन्छ घटना हेर्दाखेरि,’ त्यहाँका स्थानीय एक नेपाली भन्छन्– ‘घरपरिवारको मान्छेको संलग्नता रहेको जस्तो देखिन्छ ।’

उनी लामो समयदेखि पारिवारिक समस्याले तनाव थिए । गोर्खा घर भएका लामिछाने अमेरिकामा दुई छोरी र श्रीमतीका साथमा बस्थे । कृष्णको आत्महत्यापछि कृष्ण र उनी श्रीमती मालाबीच भएको झगडाको अडियो बाहिरिएको छ । जसमा उनको श्रीमतीले कृष्णलाई १८ वर्षको कमाई लुकाएको भन्दै चिरेर नुन खुर्सानी हालेर झुन्ड्याउनु पर्ने बताएकी छन् ।

उक्त संवादमा कृष्णको छोरीको पनि आवाज सुनिएको देखिन्छ । उक्त आवाजमा कृष्णकी छोरीले पछाडिबाट आमाले त मार्नु पर्ने हो भनेको आवाज सुन्न सकिन्छ । उनलाई झुन्डाउनु पर्ने भनिएको छ । 

कृष्णलाई श्रीमतीले लामो समयदेखि शारीरिक र मानसिक यातना दिएको आरोप छ। पछिल्लो केही समय उनलाई घरमै थुनेर ड्राइभिङ लाइसेन्स समेत खोसेर राखिएको नेपाली समुदायले बताएका छन् । उनले यातना सहन नसकेर आत्महत्या गरेको बताइएको छ ।

कुटपिटका कारण उनको जिउमा चोटहरू थिए र ती उनले सार्वजनिक समेत गरेका थिए । अहिले ति फोटोहरु  सामाजिक सञ्जालमा छ्यासछ्यास छन् । जानकारी अनुसार कृष्ण लामिछाने चरम घरेलु हिंसाबाट पीडित थिए भने उनकी श्रीमतीले हत्या गर्ने धम्की दिँदै आएकी थिइन् । कुटपिटबाट उनी निकै गलिसकेको र जीवनबाट निराशा व्यक्त गरेको उनका साथीहरूले बताउने गरेका छ । मालाले कृष्णमाथि आफूले कमाएको सम्पत्ति सामाजिक अभियन्ता बनेर सकेको र नेपालमा अर्को केटी राखेको आरोप लगाउने गरेकी थिइन् ।

सामाजिक सञ्जालमा कृष्ण लामिछानेको श्रीमतीकै यातनाका कारण आत्महत्याको घटना भएको भन्दै यसको छानविन हुनुपर्ने बताई रहेका छन् । गिता वजगाईले फेसवुकमा कमेन्ट गर्दै लेखेकी छिन्–‘तड्पाइ तड्पाइ पिटि पिटि शरिर र दिल गलाएर हार खाने बनाएपछिको परिणाम हो आत्महत्या। हामीले कमेन्ट लेख्दै गर्दा एक पटक ती तस्वीरहरू पनि हेरौ । हामीले त्यही पीडा भोग्नु पकेको भए के हुन्थ्यो होला ? अति गर्नु अत्याचार नगर्नु भन्थे अत्याचारको पनी पराकाष्ठा नाघेको देखिन्छ।’

नेपालको गोर्खा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ९ का पूर्व अध्यक्ष ६९ वर्षीय रामप्रसाद लामिछानेको जेठा छोरा कृष्ण लामिछाने अमेरिकाको डालस सहरमा श्रीमति र दुई छोरीहरूकासाथ बसोबास गर्दै आएका थिए। लामिछाने परिवारका तीन भाई मध्ये उनका कान्छो भाई डा. किरण लामिछानेको सन् २०१६ जुलाईमा टेक्सासमै सडक दुर्घटनामा निधन भएको थियो। माईलो भाई कपिल लामिछाने गोर्खामा छन्। उनी टेक्सास नेपाली समाजका पूर्व अध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिव, एनआरएन अमेरिकाका २०२१–२०२३ को लागि अध्यक्ष पदका उम्मेदवार, एनआरएनए आईसिसीको नैतीक शिक्षा कृतिका संयोजक पनि रहेर कार्य गरेका ब्यक्ति हुन।

यो पनि,

कृष्ण लामिछाने कृष्णप्रसाद लामिछाने

विशेष