News विदेश

चीन समर्थक पाकिस्तानमा पनि टिकटकमाथि प्रतिवन्ध

डाटा चोरी गरेको आरोप, यी हुन टिकटकलाई प्रतिवन्ध लगाएका देश

चीन समर्थक पाकिस्तानमा पनि टिकटकमाथि प्रतिवन्ध

चिनियाँ टेक्नोलोजी कम्पनी बाइटेन्सको स्वामित्वमा रहेको ‘टिकटक एप’ले विश्वमै प्रतिवन्धको सामना गरिरहेको छ। ठुला र चर्चित देशहरुले यो एपलाई आफ्नो देशमा चलाउन नपाउने गरी वन्द गराई सकेका छन् ।

नेपालमा भने लोकप्रिय वन्दै गएको टिकटक उत्तर अमेरिका, युरोप र एशिया–प्रशान्तका धेरै देशले गोपनीयता र साइबर सुरक्षा चिन्ता देखाउँदै वन्द गराएका हुन। टिकटकले प्रयोगकर्ताको डेटा सङ्कलन गरेको आरोप लागिरहेको छ।

अफगानिस्तानको तालिबान नेतृत्वले युवाहरूलाई ‘भ्रमित पारेको’ भन्दै सन २०२२ मा टिकटक र पबजीलाई प्रतिबन्ध लगाएको छ भने, बेल्जियमले साइबर सुरक्षा, गोपनीयता र गलत जानकारीको चिन्ता गर्दै टिकटकलाई प्रतिबन्ध लगाएको छ। क्यानड र डेनमाकमा पनि टिकटक प्रतिवन्धित छ।

यसैगरी, युरोपेली संसद, युरोपेली आयोग र ईयू काउन्सिल, २७ सदस्यीय ब्लकका तीन प्रमुख संस्थाहरूले कर्मचारीको उपकरणहरूमा टिकटकमा प्रतिबन्ध लगाएका छन्। भारतले सन् २०२० मै गोपनियता र सुरक्षाको चिन्त गर्दै टिकटक, विच्याट लगायतका दर्जनौं चिनियाँ एपहरूमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको छ।

विवादित हिमाली सीमामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु र दर्जनौं घाइते भएपछि यो प्रतिबन्ध लगाइएको हो। न्यूजील्याण्डका सांसदहरू र संसदका कर्मचारीहरूलाई टिकटक चलाउन प्रतिवन्ध छ।

नर्वे, ताइवान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिका पनि टिकटक प्रतिवन्ध लगाउने देशहरु हुन। आश्चर्यको कुरा त के छ भने चीनको निगाहमा वाँचिरहेको पाकिस्तानले समेत टिकटकमा प्रतिवन्ध लगाएको छ।

टिकटकले अनैतिक सामग्रीलाई बढावा दिएको भन्दै पाकिस्तानले २०२० देखि कम्तीमा चार पटक टिकटकमाथि प्रतिबन्ध लगाएको छ। 

टिकटक

विशेष