News

पोखरा र भैरवा विमानस्थलको आवश्यक्ता नै नभएको माधव नेपालको टिप्पणी

अनावश्यक विमानस्थल निर्माणको मुख्य कारण भ्रष्टाचार

पोखरा र भैरवा विमानस्थलको आवश्यक्ता नै नभएको माधव नेपालको टिप्पणी

पोखरा र भैरवा विमानस्थलको आम्दानीले निर्माण खर्चको सावाँब्याज पनि तिर्न नसक्ने भन्दै आलोचना भईरहेका वेला नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ति विमानस्थल निर्माण गर्नु नै गलत भएको वताएका छन् ।

पार्टीको अर्थ योजना विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अगाडि निजगढ विमानस्थल वनाएको भए देशको आवश्यक्ता पनि पुरा हुन्थ्यो’ भन्दै टिप्पणी गरे।

पोखरा र गौतमवुद्ध विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको उनको भनाइ छ । 

‘पोखराको अन्तराष्ट्रिय विमानस्थलको आज आवश्यक्ता थियो ? लुम्विनीको जरुरी थियो ? त्यहाँ अरवौंको खर्च भएको छ। पैसा लगानी भएको छ। त्यो लगानीको प्रतिफल विचार गर्नोस त। त्यसको ब्याज’ उनले भने–‘त्यही पैसा यदी अर्को क्षेत्रमा लगानी गरेको भए, त्यसको प्रतिफल प्राप्त हुन्थ्यो। उदाहरणको निम्ती हामीले निजगढ विमानस्थल वनाएको भए, निजगढको विमानस्थलले हाम्रो आवश्यक्ता पुर्ती गर्ने थियो।’

पोखरा र भैरवा विमानस्थलमा यात्रु र जहाज दुवै नभएको भन्दै उनले आलोचना गरे। ‘अहिले त्यहाँ हवाई जहाज छैन ल्याण्ड गर्नका लागि, उड्नका लागि। यात्रु छैन झर्नका लागि, चढनका लागि’ नेपालले थपे–‘भनेपछि हामिले आवश्यक्ताको प्राथमिकिकरण पनि गर्दैनौं।  पुल निर्माणमा त्यस्तै छ । एउटा नदीमा दश वटा पुल छ । कुनै ठाउँमा एउटा पनि पुल छैन । कुनै पनि कुरामा दूरगामी सोचहरू पनि छैन ।’

देशको सबै क्षेत्रमा समस्या रहेको भन्दै उनले समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताए । मुख्य नेतृत्वमा भ्रष्टाचार अन्त्य गर्ने इमानदार प्रतिबद्धता नभएसम्म यसको अन्त्य नहुने उनको भनाई छ।

विशेष