News खेल

नेपाललाई पाँचौँ विकेट, सन्दीप र आरिफले लिए १/१ विकेट

नेपाललाई पाँचौँ विकेट, सन्दीप र आरिफले लिए १/१ विकेट

दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत यूएईविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले चौथो र आरिफ शेखले पाँचौं विकेट लिएका छन् ।

३६ औं ओभरको तेस्रो बलमा सन्दीपले ७२ रन बनाएका आसिफ खानलाई क्याचआउट गराएका हुन्। ९९ बल खेलेका खानले ७२ रन बनाएर खेलिरहेका थिए। खानले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

जारी खेलमा सन्दीको यो दोस्रो विकेट हो। यस्तै आरिफले ३७ औं ओभरमा विकेट दिलाएका हुन्। आरिफले २ रन बनाएका अलिसन सराफुलाई आउट गरेका हुन्। 

यसअघि नेपालका लागि करण र कुसल मल्लले एक एक विकेट लिएका थिए। ३७ औं ओभरको खेल सकिँदा युएईले ५ विकेटको क्षतीमा १४२ रन बनाएको छ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन्। आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।

अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्। सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्। बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो। 
 

विशेष