ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितद्वारा ब्याक फायर, भने– राजावादीको सहयोग चाहिँदैन
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध ब्याक फायर भएको छ। मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाही विरुद्ध उनीहरुले उल्टो नाराबाजी गरेका छन्।
ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरे। आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।
माइतीघर मण्डलामा पुगेका धर्नामा बसेका उनीहरुको आन्दोलनमा ऐक्कवद्धता जनाउँन ज्ञानेन्द्र शाही त्यहाँ पुगेका थिए । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे ।
शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए ।