News

राजावादी नेता र समर्थसँग भेटघाट वढाउँदै पूर्वराजा ज्ञानेन्द्र

राजावादी नेता र समर्थसँग भेटघाट वढाउँदै पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दिनमा राजावादीहरुसँगको भेटघाट वढाएका छन्। सोमवार उनले इटहरीस्थित बुढीगंगा घाट र मुक्तिधाम मन्दिरको सन्ध्याकालीन आरतीमा सरिक भएपछि राप्रपा नेता रामकुमार सुब्बाको निवास पुगेर कोशीका राजसंस्था समर्थक नेताहरूसँग भेटघाट गरे ।

राप्रपा प्रवक्ता सगुनसुन्दर लावतीका अनुसार उपस्थित नेताहरूले पूर्वराजासँग देशको अर्थतन्त्र, राजनीति र परराष्ट्र नीति डामाडोल भएको भन्दै गुनासो गरेका थिए । उनीहरूले राजसंस्थाको पक्षमा स्वतःस्फूर्त जनसमर्थन बढ्दै गएको र सकारात्मक माहौल बन्दै गएको बताएका थिए ।

पूर्वराजा शाहले बढी कुरा सुने, निकै कम मात्रै बोलेको एक राजावादी नेताले वताए । त्यसबेला पूर्वराजाले उपस्थित नेताहरूसँग रात्रिभोजनसमेत गरेका थिए । उपस्थित राजा समर्थक नेताहरूमा पूर्वमन्त्री बद्री मण्डल, पूर्वमन्त्री रामकुमार सुब्बा, प्रदेशमन्त्री भक्ति सिटौला, राप्रपा प्रवक्ता लावती, दमक नगरपालिकाका प्रमुख राम थापा, विद्वत् परिषद्का नेता जीतबहादुर अर्याल र राप्रपाका केन्द्रीय सदस्य एजी शेर्पालगायत थिए ।

पूर्वराजा आरतीमा संलग्न हुँदा हजारौँ सर्वसाधारण मन्दिर परिसरमा भेला भएका थिए । त्यसबेला महिलाहरूको उपस्थिति उल्लेखनीय थियो । पूर्वराजा सुब्बा निवास पुग्दा स्थानीयहरूले स्वागत र जयजयकार गरेका थिए । आगामी चैत २० गते सुनसरीको इनरुवामा पूर्वराजाको नागरिकस्तरबाट अभिनन्दन हुने कार्यक्रम छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र झापा पुगेर राजनीतिक भेटघाट गरेका थिए ।

उक्त भेटघाटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्र लगायतको सहभागिता थिए।
 

विशेष