News

सरकारमा अटाएनन रवि लामिछाने, मन्त्रालयमा भाग नपरेपछि रास्वपा सरकार वाहिरै

सरकारमा अटाएनन  रवि लामिछाने, मन्त्रालयमा भाग नपरेपछि रास्वपा सरकार वाहिरै

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको छ । सहमति अनुसार रास्वपा तत्काल सरकार वाहिरै रहने भएको छ।

बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको बताए। ‘गठबन्धनमा सहमति भइसक्यो । अब दलहरुको आन्तरिक तयारी बाँकी छ’ उनले भने–‘सबै पार्टीले आआफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्रीलाई दिनुहुन्छ । भोलि शपथग्रहण हुन्छ ।’

मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग अझै एकपटक छलफल हुने उनको भनाई छ। कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको बताएका उनले भने– ‘गठबन्धनमा रहेका ९ दलबीच २१ वटै मन्त्रालयको बाँडफाँट भइसक्यो । रास्वपालाई भाग छुट्याउने भन्नेबारेमा कुनै छलफल भएको छैन ।’

सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, लोसपा १, जनमतलाई १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए । 
 

विशेष