News

अमेरिकाले यस कारण लगायो टिकटकमाथि प्रतिवन्ध

अमेरिकाले यस कारण लगायो टिकटकमाथि प्रतिवन्ध

अमेरिकाले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप ‘टिकटक’ लाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।

टिकटक विगत एक दशकदेखिको सबैभन्दा सफल सामाजिक सञ्जाल एप हो। विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको छ टिकटक । तर, अमेरिकाले भने चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको हो।

टिकटकले प्रयोगकर्ताको धेरै नै तथ्याङ्क सङ्कलन गर्ने वताईन्छ। त्यसमध्ये कुन भिडिओ हेरियो र कुनमा प्रतिक्रिया जनाइयो, स्थान अवस्थिति तथ्याङ्क, फोनको प्रकार र यसको अपरेटिङ् सिस्टम तथा केही लेख्दा प्रयोगकर्ताले कसरी किबोर्ड थिच्छन् ? भन्ने जस्ता तथ्यांक टिकटकले संकलन गर्छ।

त्यसैले अमेरिकाले टिकटक वेच्नु पर्ने सर्त राखेको छ। बाइटडान्सले टिकटक बेच्नुपर्ने र यसो हुँदा त्यो चीनबाट पूर्ण रूपमा अलग हुने अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विश्वास छ । राष्ट्रिय सुरक्षा जोखिमको निरीक्षण गर्ने अमेरिकी विदेशी लगानी समिति (सीएफआईयूएस)को सर्वसम्मतिले टिकटकलाई बाइटडान्सबाट हटाउन सिफारिस गरेको जनाइएको छ ।
 

टिकटक

विशेष