News खेल

एसीसी प्रिमियर कपका लागि नेपालले घोषणा गर्यो देव खनालसहितको टोली

एसीसी प्रिमियर कपका लागि नेपालले घोषणा गर्यो देव खनालसहितको टोली

घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघले २१ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । 

हालै भएको अन्डर १९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाली टिमको कप्तानी गरेका कप्तान देव खनालले कमब्याक गरेका छन् । देवले अन्डर १९ विश्वकपको एसिया छनोट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

देवले अन्तिम टोलीमा पनि स्थान बनाउने आशा गरिएको छ । घोषित टिममा अरू खासै परिवर्तन नभएको क्रिकेट संघले जनाएको छ।

१० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप आउँदो अप्रिल १८ देखि मे १ सम्म नेपालमा हुँदै छ । यस प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा कुवेत, सिंगापुर बहराइन, यूएई र हङकङ छन् । विजेता टोली एसिया कपका लागि छनोट हुने छ । 

एसीसी प्रिमियर

विशेष