News

उपेन्द्र यादव विरुद्ध चुनाव लड्न जनमतमा पसे माओवादीका कुशवाह

उपेन्द्र यादव विरुद्ध चुनाव लड्न जनमतमा पसे माओवादीका कुशवाह

नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टी प्रवेश गरेका छन् । बारा २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार वन्न उनी जनमत पार्टीमा प्रवेश गरेका हुन। 

बुधबार पत्रकार सम्मेलन गरी कुशवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र त्यागेका कुशवाहलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वागत गरेका हुन् । जनमत पार्टी प्रवेश गरेका कुशवाह वैशाख १० मा हुने बारा २ मा उम्मेदवार बन्ने जनाईएको छ।

४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बारा २ मा उम्मेदवार बनेका कुशवाह जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । जसपाका यादवले १३ हजार ८ सय २२ मत प्राप्त गर्दा माओवादीबाट उम्मेदवार बनेका कुशवाहले १३ हजार चार सय ६८ मत पाएका थिए ।

जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो । जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने तयारीमा छन् । तर, अध्यक्ष यादवविरुद्ध बारा २ मा जनमत पार्टी र लोसपाले मोर्चाबन्दी गर्ने सहमति गरिसकेका छन् । 
 

विशेष