News

काठमाडौंमा घर भाडामा लिएर अनलाई ठगी, ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौंमा घर भाडामा लिएर अनलाई ठगी, ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाण्डौंमा घर भाडा लिएर अनलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ।

प्रहरीले बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट १९ जनालाई पक्राउ गरेको हो। ह्वाट्सएपलगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै उनीहरूले ठगी गरेका थिए। उनीहरूलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीको अभियोगमा ९ चिनियाँ र १० नेपाली पक्राउ परेका हुन्। 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंले ठगी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही गरिरहेको छ। उनीहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, राहदानी ६ थान, २ थान कम्प्युटर र राउटर ४ थान पनि बरामद भएको छ।

साथै चार लाख १ हजार ८ सय ८० रुपैयाँ पनि बरामद भएको छ। 

विशेष