News

उपेन्द्रका नेताले सीके राउतलाई हुटिट्याउँ भनेपछि...

उपेन्द्रका नेताले सीके राउतलाई हुटिट्याउँ भनेपछि...

आगामी वैशाख १० गते बारा २ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर जसपाका र जनमत पार्टीमा वाक युद्ध सुरु भएको छ। मंसिरमा भएको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।

वैशाख १० को उपनिर्वाचनमा उक्त क्षेत्रमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने पक्का जस्तै छ। बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतले उक्त क्षेत्रमा उम्मेदवार बनाउन माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा पार्टीमा भित्र्याएपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

मंसिरको चुनावमा यादवलाई सप्तरी–२ मा पराजित गरेका राउतले पछिल्लो समय उपेन्द्रप्रति आक्रामक टिप्पणी गरिरहेका छन्। पराजित भएको पाँच महिनामै यादव चोर बाटोबाट संसद पस्न लागेको भन्दै उनले नैतिक प्रश्न उठाएका छन् भने बारा–२ मा उपेन्द्रलाई टक्कर दिने पात्रका रूपमा कुशवाहालाई उभ्याएका छन्।

त्यसको जवाफमा जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राउतलाई हुटिट्याउँको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । ‘चन्द्रकान्त राउतले २०७९ को आम निर्वाचनमा सप्तरी २ बाट उपेन्द्र यादवलाई हराए । नेपालको राजनीतिमा राउतको योगदान र बलिदानी त्यत्ति हो’ बस्नेतले लेखेका छन्, ‘राउतले उपेन्द्र यादवको विरोधका लागि विरोध गर्छन् ।  राउतको राजनीतिक विचार, सिद्दान्त, दर्शन, लक्ष्य, नीति र कार्यक्रम यत्ति हो ।’

उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा खटाइएका एकाध अबुझहरूलाई उनले सीके राउतको तथाकथित वैज्ञानिक प्रयोग, परीक्षण, आविष्कार र खोज भनेका छन् ।

विशेष