News

नयाँ मन्त्रीको शपथ ४ बजे: यी हुन मन्त्री

नयाँ मन्त्रीको शपथ ४ बजे: यी हुन मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालडले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। 

दिउँसो ४ बजे नयाँ मन्त्रीहरुले सपथ लिने जनाईएको छ। सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ।

उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्काले पाउने भएका छन्। कांग्रेसले खड्काकै नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउन लागेको हो। 

त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बन्ने भएका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन। 

कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ। 

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ। उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले जनाएको छ। 

उनले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा वेदुराम भुसाल नियुक्त हुँदैछन्। 

ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ। २ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जनता समाजवादी पार्टी (जसपा)ले शहरी विकास मन्त्रालय पाउने सम्भावना छ।
 

विशेष