News

भरतपुरको अस्पतालले यसरी बचायो पेटभित्र रक्सीको बोतल भेटिएका युवक !

भरतपुरको अस्पतालले यसरी बचायो पेटभित्र रक्सीको बोतल भेटिएका युवक !

मलद्वारबाट रक्सिको बोतल पेटमा पुगेपछि अस्पताल भर्ना भएका युवक २५ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । गम्भीर अवस्थामा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएका रौतहटको गुजरा नगरपालिकाका–९ का नुर्साद मन्सुरी बुधवार डिस्चार्ज भएका छन् ।

अस्पतालले उनलाई केही रकम छुट दिएर उपचारमा सहयोग गरेको छ। २६ वर्षीय नुर्साद मन्सुरी ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका छन् । घरमा बुवा आमा, श्रीमती र एक छोरा छोरीलाई त्यही पेशाबाट परिवार पाल्दै आएका थिए ।

ट्याक्टरमा समस्या आएपछि बनाउन निस्केका उनी साथीसँग खाजा खान पुगे । त्यहाँ उनका साथीले नसालु पदार्थ मिसाएर चिसो डीउ (चिसो पेय पदार्थ) खान दिएपछि वेहोस जस्तै भए। त्यही बेलामा कसैले आफ्नो पाइन्ट खोलेको जस्तो लागेपनि उनले प्रतिक्रिया जनाउन सकेनन्। उनका दुई साथीहरूले त्यहीँ बसेर रक्सी खाए र खाएको रक्सीको बोतल भने मन्सुरीको मलद्वारबाट पेटमा छिराई दिए।

होस आउँदा पेट निकै दुखेको महसुस भएको मन्सुरी सुनाउँछन् । पेट निकै दुखेको बताएपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खान दिए । त्यसले ठीक नभएपछि उनलाई भोलिपल्ट उपचारका लागि रौतहटकै चन्द्रपुर अस्पताल भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकले पेटको एक्सरे गर्दा रक्सीको बोतल देखे ।

त्यसपछि उनलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पु¥याईएको थियो। डाक्टरहको सल्लाह अनुसार भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । पेटमा बोतल छिरेको करिब ५८ घन्टापछि अस्पताल पुगेका उनको सल्यक्रिया गरेर बोटल निकालिएको हो।

पुरानो रिसिईवी साँध्नका साथीले त्यसो गरेको उनको अनुमान छ। उनको मलद्वारबाट पेटभित्र रक्सीको बोतल हालिदिएको अभियोग लागेका रौतहट गुजरा नगरपालिका–६ का २० वर्षीय नसिम खान पैठानविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीका अनुसार घट्नाको चार दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित समीरको अटो ग्यारेजमा नुर्साद र उनका साथी मोहम्मद समीरसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। सो क्रममा नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएको र यो कुरा समीरले थाहा पाई नुर्सादलाई शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खुवाई बेहोस बनाएका थिए। त्यसपछि उनले रक्सीको बोतल मलद्वारबाट भित्र पसाइदिएको प्रहरीले जनाएको छ। 

यो पनि,

पिसाव खुवाएको रिसमा साथीले मलद्वारबाट रक्सिको वोतल पेटमा छिराईदिएपछि...

रक्सीको बोतल

विशेष