News

यस्तो छ जनगणनामा हिन्दू धर्मावलम्बी घटेर क्रिश्चियन बढ्ने कारण

यस्तो छ जनगणनामा हिन्दू धर्मावलम्बी घटेर क्रिश्चियन बढ्ने कारण

राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक ग-यो । तर, जनगणनाको पूर्ण तथ्यांक भने अझै सार्वजनिक गरिएको छैन । 

पछिल्लो समयमा नेपालमा पैसाको आडमा धर्म परिवर्तनको लहर चलेको र इसाइ धर्म मान्नेहरु निकै बढेको चर्चा हुने गरेको छ । यही कारण प्रतिवेदन शार्वाजनिक गर्न समेत ढिलाई गरिएको आरोपहरु लागिरहेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले त विज्ञप्ति नै जारी गरेर हिन्दू, बौद्ध र किराँत धर्म मान्नेहरुको संख्या निकै घटेको सुनेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग समेत गरेका छन् । 

२०६८ को जनगणनाअनुसार नेपालमा सबैभन्दा बढी हिन्दू ८१.३ प्रतिशत थिए । यस्तै बौद्ध ९.४ प्रतिशत, इस्लाम ४.३, किराँत ३.० प्रतिशत र ईसाई धर्म मान्ने १.४ प्रतिशत रहेको त्यसबेलाको जनगणना प्रतिवेदनले देखाएको थियो ।

तर ०७८ को जनगणना अनुसार हिन्दू, बौद्ध र किराँत धर्म मान्नेहरुको संख्या निकै घटेको जनाईन्छ। यस विषयमा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले भने ईसाई धर्म मान्ने जनसंख्या ह्वात्तै बढेको भन्ने चर्चा पूरै भ्रामक र गलत रहेको बताए । 

मान्छेले अनुमान गरेर सुनियोजित रुपमा हल्ला फिजाइएको निर्देशक लामिछाने बताउँछन् । 

जनगणना २०७८

विशेष