News खेल

नेपालको खराव प्रदर्शन, तीन विकेट गुमाएपछि दबाबमा

नेपालको खराव प्रदर्शन, तीन विकेट गुमाएपछि दबाबमा

आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो विकेट गुमाएपछि दबाबमा आएको छ। 

पपुवा न्यु गिनीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४६ रन बनाएर खेलिरहेको छ। ओपनर कुशल भुर्तेल ओभरको पहिलो बलमा नै सेमो कामियाको बलमा डक आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल ६ रनमा क्याच आउट भए। 

भीम सार्की ९ रनमा क्याच आउट भए। अहिले क्रिजमा आशिफ शेख २२ र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन्। पीएनजीका सेमोले २ विकेट लिए। त्यसअघि दुवई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो। 
 

विशेष