मरेका पाईलटलाई दोस दिएर विमान कम्पनीलाई वचाउने प्रपञ्च
छानविन प्रतिवेदनसहित सम्पुर्ण रेकर्ड सार्वजनिक गर्न माग
माघ १ गते यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए। नेपालमा विमान दुर्घटना नौलो नभएपनि आन्तरिक उडाका विमान दुर्घटनामा भएको यो घट्ना सवैभन्दा ठुलो हो।
नेपालमा पहिलो पटक कालिंगा एयरको विमान सिमरामा दुर्घटना भएको थियो। त्यसपछि हालसम्म १०४ वटा हवाइ दुर्घटना भएका छन् भने ९२४ जनाले ज्यान गुमाइसकेका छन् । हरेक दुर्घटनापछि सरकारले छानविन समिति वनाउने गरेको छ। तर, छानविनको प्रतिवेदन भने सार्वजनिक गर्ने गरिएको छैन। सार्वजनिक भएपनि पाईलटलाई दोस देखाएर रफादफा गर्ने गरिएको छ।
हालसम्म विमान दुर्घटनाको छानविन गर्न कैयौं आयोग गठन भए, तर, तिनले दिएको सुझाव समेत कार्यान्वयन गरेको पाईदैन। बरु उल्टै मृत पाईलटलाई नै दोषको भारी बोकाउने र कमजोरीहरुलाई लुकाउने परम्परा नै वनिसकेको छ।
पछिल्लो घट्नामा पनि पाईलट र कोपाईलटलाई दोस दिएर घट्नालाई सिद्याउने प्रयास भईरहेको छ। विमान दुर्घटनापछि गठन भएको छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै जहाजको पखेटाको अवस्था, मानवीय कारण र पोखरा विमानस्थलको अवतरणको हवाईमार्गबारे विस्तृत अध्ययन गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।
गत माघ १ गते भएको दुर्घटना सम्बन्धी प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटना अघि विमानको कमाण्ड परिवर्तन भएको पाइएको छ । यसरी पाईलट र कोपाईलटलाई दोस दिएर अन्य कमजोरी दवाउन प्रयास गरेको भन्दै शुक्रवार काठमाण्डौंको शान्तिनगर निवासी विनय यादवले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गरी छानविन प्रतिवेदन माग गरेका छन् ।
यादवले दर्ता गराएको निवेदनमा माघ १ गते का दिन यती एयरलाइन्सको नाईन एन–एएनसी, एटिआर–७२५०० जहाज दुर्घटनाबारे भएको छानविनको प्रतिवेदनको पूर्ण प्रति, दुर्घट्नाको अन्तिम समय एयर ट्राफिक कन्ट्रोल र पाइलट, कोपाइलट बीच भएको संवादको अडियो तथा दुर्घटनाग्रस्त ब्ल्याक बक्समा भेटिएका अडियो प्रमाण र त्यस दिन ब्ल्याक बक्समा संग्रहित रेकर्डलाई पुस्टि गर्ने निकाय तथा संलग्नहरुको आधिकारीता माग गरिएको छ।
‘विश्वमा हेर्ने हो भने हवाई यात्रा सवैभन्दा सुरक्षित मानिन्छ। तर नेपालमा भने घुस्याहाहरुका कारण हवाई यात्रालाई सवैभन्दा खतरानाक वनाईएको छ।’ यादव भन्छन्–‘अहिले पनि पाईलटलाई दोस दिएर विनमानमा भएका कमजोरीलाई दवाउने प्रयास भईरहेको छ। यो षडयन्त्रले पीडितलाई थप पीडा दिएकाले मैले न्यायका लागि पहल गरेको हुँ।’
नेपालको सन्दर्भमा अधिकांश विमान थोत्रा र कामै नलाग्ने विमानलाई उडान अनुमति दिएर आधा घण्टाको हवाई यात्रालाई पनि त्रासदीपूर्ण वनाईएको उनको भनाई छ। ‘सवैले देखिरहेकै हो। कुनैको उड्दाउड्दै ढोका खुल्छ, कुनैको ल्याण्ड गर्ने वेलामा चक्का नै खुल्दैन, कुनैमा हिड्दा हिड्दै आगो लाग्छ’ उनले भने –‘विमान दुर्घटना केका कारणले भईरहेको छ, यसले पुष्टि गर्दैन ? मरिसकेको मान्छे वोल्दैन भनेर जे पनि भन्दिने ?’
पछिल्लो घट्नामा पनि मरिसकेका पाईलटलाई दोसी वनाउने प्रपन्च भईरहेकाले वास्तविक्ता जनसमक्ष पुगोस भने आफुले यो प्रयास गरेको यादवले दावी गरे।
यो पनि,
- यस्तो आयो पोखरा विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनः देखिए दुई वटा कारण
- यस्तो छ, पोखरा विमान दुर्घटनाको लाईभ भिडिओ
- रुपा गाउँपालिकाले पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गर्ने
- खाना खान आउने वाचा गरेका पाईलट केसी कहिलै नफर्कने गरी विलाए
- दुर्घटनाको १५ दिनअघि नै पाईलट केसीले देखेका थिए यस्तो चुनौती
- पोखरा विमान दुर्घटनाः ४ जना अझै भेटिएनन्, पहिचान भएका शव जिम्मा लगाईदै
- श्रीमान प्लेन दुर्घटनामा परेपछि पाईलट कोर्ष गरेकी अञ्जु, पाईलट वन्ने अन्तिम उडानमै परिन दुर्घटनामा
- विमान दुर्घटनामा पर्नबाट भाग्यले जोगिए गायक पशुपति शर्मा
- पोखरामा रमाईलो गर्न हिडेकी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त विमानमा
- दुर्घटनाग्रस्त विमानमा ५ भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु रहेको पुष्टि
- जहाज दुर्घटनामा ३० जनाको शव निकालियो, सिडिओ भन्छन्– जिवित भेटिने सम्भावना छैन
- काठमाण्डौंबाट ६८ यात्रु बोकेर उडेको यतिको विमान पोखरामा दुर्घटना