News

उपसभामुख रानाको रुवाबासीः विभेदमा परें, मैले सुविधा पाईन

उपसभामुख रानाको रुवाबासीः विभेदमा परें, मैले सुविधा पाईन

राज्यले दिने सुविधाका विषयमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको रुवाबासी सुरु भएको छ। आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको उनले गुनासो गरेकी छन् । 

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले पुरुष उपसभामुख हुँदा राज्यबाट पाउने सुविधा अहिले आफूले नपाएको बताईन।

‘पहिला पुरुष उपसभामुख हुँदा खेरी चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन’ उनले भनिन्–‘३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ।’

माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् भएको उनको आरोप छ। ‘यहाँ जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे । म सानो भूइँमान्छे हो । म सांसदमात्रै हुँदा म नर्मल ठाउँबाट जान्थे । भीआईपीको सुविधा प्रयोग गर्दिन भन्थे’– उनले थपिन्।

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले विभेद गरेको बताईन। 
 

उपसभामुख इन्दिरा राना

विशेष