News

उपप्रधानमन्त्रीका लागि गठवन्धनमा लफडा, ७ उपप्रधानमन्त्री बनाउँदैछन् प्रचण्ड ?

उपप्रधानमन्त्रीका लागि गठवन्धनमा लफडा, ७ उपप्रधानमन्त्री बनाउँदैछन् प्रचण्ड ?

सरकारलाई समर्थन गर्ने सवै पार्टीले उपप्रधानमनमन्त्री माग्न थालेपछि मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समस्या परेको छ। यसअघि दाहाल नेतृत्वकै सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री भईसकेकाले सवैको माग उपप्रधानसहितको मन्त्रालयमा छ।

अहिले सरकामरमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री छन् । सरकार विस्तारको तयारीमा लागेका दाहाललाई यतिवेला सबैजसो दलले उपप्रधानमन्त्रीसहितको मन्त्रालय माग गरेका छन् । कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित मन्त्रालयको माग गरेका छन् ।

सवैले मागे अनुसार उपप्रधानमन्त्री दिदै जाने हो भने प्रधानमन्त्री दाहालले कमसेकम ७ वटा उपप्रधानमन्त्री वनाउनु पर्ने अवस्था रहेको माओवादीका एक नेताले वताए । 

ति नेताका अनुसार जुन सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री भइसकेका छन्, त्यही सरकारमा बिना उपप्रधानमन्त्रीसहित जान वरीयताले पनि नमिल्ने भन्दै दलहरु उपप्रधानमन्त्रीको माग गरिरहेका छन् ।

कांग्रेसका एक नेताले भने, ‘रवि लामिछाने उपप्रधानमन्त्री भएको सरकारमा कतिलाई उपप्रधानमन्त्री चाहिने हो ? कतिलाई बनाउने हो ? मन्त्रिपरिषद् विस्तार गर्दा उपप्रधानमन्त्रीको लफडा हुने देखिन्छ । यसलाई मिलाउन आठ दलीय गठबन्धनलाई सकस हुनसक्छ।’
 
लामिछानेका कारण अहिले उपप्रधानमन्त्री बिना कुनै पनि दल सरकारमा जान नमानेको वताईन्छ। 

उपप्रधानमन्त्री

विशेष