News

दुर्गा प्रसाईको अभियानमा कमल थापा जोडिए, सहयोग गर्न कार्यकर्तालाई निर्देशन

दुर्गा प्रसाईको अभियानमा कमल थापा जोडिए, सहयोग गर्न कार्यकर्तालाई निर्देशन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाबाट सुरु गरेको अभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि जोडिएका छन् । प्रसाईको अभियानमा ऐक्यवद्धता जनाउँदै सहयोगका लागि कार्यकर्तालाई निर्देशन दिएपछि थापा पनि अभियानमा जोडिएका हुन।

राजसंस्थाको समर्थनमा सुरू गरेको प्रसाईको महाअभियानमा आफ्ना पार्टीका नेता–कार्यकर्तालाई सहयोग गर्न थापाले निर्देशन दिएका छन् ।

पूर्वराजपरिवारका सदस्यहरुलाई उतारेर व्यवसायी प्रसाईंले गत फागुन १ गते मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए । हालै पत्रकार सम्मेलन गरी उनले ०४७ सालको संविधान ब्यूँताउनुपर्ने लगायतका माग राखेर आन्दोलन नै गर्ने घोषणा गरेका छन् ।

नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकै स्थानबाट फागुन २० गते आन्दोलन सुरू गर्ने उनको भनाइ छ । राप्रपा अध्यक्ष थापाले सनातन धर्म संस्कृतिको रक्षाका निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र ऐक्यवद्धता रहने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन २० गते काठमाडौंको वानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरूलाई आह्वान गर्दछु ।’

यो पनि,

दुर्गा प्रसाई कमल थापा

विशेष