News

प्रचण्डले राष्ट्रपति बन्न नदिएपछि नयाँ गठवन्धनमा बाबुरामको असन्तुष्टि

गुलियो हुँदा हुँदै यसरी तितो भयो प्रचण्ड–बाबुराम सम्वन्ध

प्रचण्डले राष्ट्रपति बन्न नदिएपछि नयाँ गठवन्धनमा बाबुरामको असन्तुष्टि

केही समय अघिसम्म कांग्रेस–माओवादी गठबन्धनलाई काँधमा हालेर हिडिरहेको पुर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई केही दिनदेखि नाखुस देखिन्छन् । कांग्रेस नेतृत्वमा हाल वनेको गठबन्धप्रति उनको मनभित्रको चिसो सामाजिक सञ्जालमा देखिन थालेको छ।

१४ फागुनमा उनले पहिलो पटक ट्वीटर मार्फत एउटा असन्तुष्टि सार्वजनिक गरे। ट्वीटरमा देशको अहिलेको राजनीतिक अवस्थाका विषयमा असन्तुष्टि देखाईएपनि सारमा उनले गठबन्धनको विरोध गरेका छन् । ‘आमनिर्वाचनको तीन महिनाभित्र दुइ गठबन्धन र सरकार परिवर्तन१ गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादाम्य नास्ति१ दल र नेताहरूको निम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा१ संसदको एउटा कार्यकालकालागि तीन प्रमको अग्रिम बाँडफाँट १ जनसरोकारका मुद्दा नास्ति१ यही हो लोकतन्त्ररुहामी कता जादैछौंरु’– उनले लेखे।

त्यस लगत्तै फेरी उनले अर्को ट्वीट गरे। जसमा उनले दलिय भागबण्डालाई असन्तुष्टिको विषय वनाएका छन् । उनले लेखेका छन्–‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ१ दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ१ त्यसैमा राष्ट्रिय सहमति गर्ने हो तरु सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैनरु’

यो उदाहरण मात्रै हो, खुलेर केही नभने पनि बाबुरामका असन्तुष्टि विस्तारै सतहमा आउन थालेका छन्। त्यसको कारण हो– पुष्पकमल दाहालले नचाहँदा मुखैमा आएको राष्ट्रपति गुम्नु। माओवादी केन्द्रको चिह्न लिएर प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लडेका भट्टराई पछिल्लो सत्ता भागवण्डाप्रति बेखुस छन् । 

खासगरी, प्रधानमन्त्री दाहालले एमालेको उम्मेदवार अस्वीकार गर्ने अडान लिएपछि डा। भट्टराईले आफूलाई एमाले–माओवादीको गठबन्धनबाट साझा उम्मेदवार बनाउन लबिङ गरेका थिए । तर, विकल्प सकिँदै जाँदा एमाले अध्यक्ष केपी ओली लचक बने पनि दाहालले चासो देखाएनन् । आफू राष्ट्रपति बन्दा वाम नेतृत्वको गठबन्धन पनि जोगिने र नतिजा आफ्नो भागमा पर्नेमा भट्टराई आशावादी थिए । तर, मुखैमा आएको राष्ट्रपति कांग्रेसलाई सुम्पिएकोप्रति उनी बेखुस छन् । त्यसैले सामाजिक सञ्जालमा सत्ता भागवण्डाप्रति व्यङ्ग्य गरिरहेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आलोपालो प्रधानमन्त्री चलाउने आठ दलीय सहमतिप्रति पनि उनले व्यङ्ग्य गरेका छन् । नयाँ गठबन्धन बनाउँदा माओवादी केन्द्रबाट दाहाल साढे २ वर्ष, नेकपा एसका अध्यक्ष माधव नेपाल एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवा साढे एक वर्षसहित चुनाव गराउने सहमति सार्वजनिक भएको थियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति बाबुराम भट्टराई

विशेष