News

फोटो तोडमोड गरी गोयबल्स शैलीमा भ्रम छर्दै पोखरेल पत्नि शाक्य

फोटो तोडमोड गरी गोयबल्स शैलीमा भ्रम छर्दै पोखरेल पत्नि शाक्य

नेकपा एमालेका नेताहरु नयाँ गठबन्धन विरुद्ध तर्कहिन र अर्थहिन कुप्रचार गर्न थालेका छन्। निकै पुराना र असान्दर्भिक फोटोहरु सामाजिक सञ्जालमा राखेर वर्तमान गठवन्धन र सरकार विरुद्ध अनावश्यक प्रचार भईरहेको छ।

यसैक्रममा एमाले महासचिव शंकर पोखरेलकी पत्नि सुजिता शाक्यले शुक्रवार ०७८ सालको फोटो फेसवुकमा पोष्ट गर्दै वर्तमान सरकार र गठबन्धनलाई वदनाम गर्ने प्रयास गरेकी छिन् । तत्कालिन भारतीय राजदुत विनयमोहन क्वात्रा कार्यकाल समाप्त गरी स्वदेश फर्कदै गर्दा दुतावासले ०७८ चैत २९ गते विदाई समारोहको आयोजना गरेको थियो।

विदाई समारोह तथा रात्री भोजमा तत्कालिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता र मन्त्रीहरु सहभागी भएका थिए ।

लैनचौरस्थित राजदूतावास सोही समयमा खिचिएको एउटा फोटो पोष्ट गर्दै पोखरेल पत्नि शाक्यले नयाँ गठबन्धनका नेताहरु भारतीय दुतावासमा जम्मा भएर नेपाल विरुद्ध षडयन्त्र गरिरहेको आसयमा स्ट्याटस लेखेकी छिन् । 

‘तस्विर आफै बोल्छ’ भन्दै लेखिएको स्ट्याटसमा ‘गठबन्धन किन फेरिएछ ?, भारतबाट आयातित बिषादीयुक्त तरकारीमा क्वारेन्टाईन जाँच किन रोकिएछ?, राष्ट्रपतिमा अरू होईन काँग्रेस नै किन चाहिएछ ? यी सबैका विरुद्ध जनता र राष्ट्रलाई बचाउन एमाले ढाल बनेर उभिँदा उनका विरूद्ध घेराबन्दी गर्न जनविरोधीहरू सबै एक भएर धुईरिएछ।’ भन्दै लेखिएको छ।

यो स्ट्याटसपछि शाक्यको आलोचना पनि सुरु भएको छ। त्यहाँ उपस्थित एमाले नेताको फोटो काटेर कांग्रेस माओवादी र एकिकृत समाजवादीका नेताको मात्रै फोटो राखेर भ्रम छरेको फेसवुक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । शाक्यले फेसवुकमा राखेको फोटोमा रहेको एमाले नेता सुभाषचन्द्र नेम्वाङको फोटो काटेर हटाईएको छ।

विनयमोहन क्वात्रा भारतीय राजदुत सुजिता शाक्य

विशेष