News

एमालेमा भीम रावलको कमब्याकः अछामबाट कार्यक्षेत्रमा फर्किए

एमालेमा भीम रावलको कमब्याकः अछामबाट कार्यक्षेत्रमा फर्किए

अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखी असन्तुष्ट रहँदै पार्टी गतिविधिबाट वाहिर रहेका एमाले नेता भीम रावल संगठनका काममा फर्किएका छन्।

नेकपा कालदेखी नै ओलीको कटु आलोचक रहेका रावल प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि अझै क्रुद्ध वनेका थिए। सोही समयदेखि उनी पार्टीका गतिविधिमा देखिएका थिएनन्। तर, उनी शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन् ।

एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भए। 

नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए । रावल निर्वाचनको बेला पनि मतदान गर्नमात्र अछाम पुगेका थिए ।

एमालेको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनी पार्टीका कुनै पनि कमिटीमा छैनन् । उनलाई पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन । उनी स्वतन्त्र अभिव्यक्ति दिँदै हिँडेका छन् । रावललाई नेकपा एसमा प्रवेशका लागि माधव नेपाललगायतका नेताहरुले आग्रह गरिरहेका छन् । 
 

भीम रावल

विशेष