News

राष्ट्रपति पाएपछि कांग्रेसले आफनै नेतृत्वमा सरकार बनाउने यस्तो छ रणनीति

राष्ट्रपति पाएपछि कांग्रेसले आफनै नेतृत्वमा सरकार बनाउने यस्तो छ रणनीति

४ मंसिरको चुनावअघिको सत्ता गठबन्धन भत्काएर १० पुसमा अर्को गठबन्धन वनाएका माओवादी केनद्रका अध्यक्ष फेरी पुरानै मित्रसँग फर्किए। अहिले फेरी ८ दलिय गठबन्धन वनेको छ। ६३ दिनमै सत्ता गठबन्धन भत्किएपछि समर्थन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरियो।

तर, अहिलेको गठवन्धनमाथि पनि प्रश्न उठ्न थालेको छ। राजनीतिक वृत्तमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने रणनीति सुरु भएको छ। यो रणनीतिमा एमाले नेताहरु सकृय भएका छन् । 

जानकारहरुको अनुसार एमालेसँग मिलेर कांग्रेस पनि आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिमा लागेको छ। अहिले सत्ता गठबन्धनको सहमति अनुसार प्रधानमन्त्री माओवादी, नेकपा एस र कांग्रेसले लिने सहमति भएको छ भने राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले पाउने देखिन्छ । 

तर, यो सरकार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि ढल्ने एमाले नेताहरू दाबी गरिरहेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि सरकार ढल्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी एमाले नेताहरुले गरेका छन् ।

अहिले एमाले नेताहरू दैनिकजसो कांग्रेस नेताहरूसँग वार्ता संवादमा रहेको बुझिएको छ । स्रोतका अनुसार केही दिन पहिला कांग्रेस महामन्त्री गगन थापा र एमाले महासचिव शंकर पोखरेलबीच भेटवार्ता भएको थियो । 

राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गरे एमालेले सघाउने प्रस्ताव  महासचिव पोखरेलले राखेको स्रोतको दाबी छ । तर, नेताहरूबीच भएको भेटवार्ताबारे आफूलाई कुनै पनि जानकारी नभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । 

माओवादीका नेताहरु भने कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेमा उसको पनि भविष्य सुरक्षित नहुने बताउँछन्। कांग्रेसले धोका दिए माओवादी भने पुनः पुस १० को गठबन्धन सक्रिय बनाउने रणनीतिमा छ। 
 

शंकर पोखरेल गगन थापा राष्ट्रपति

विशेष