News

बौद्ध विश्वविद्यालयका नाममा फेरी सुरु भयो ओलीको ‘आडम्वरी राष्ट्रवाद’

बौद्ध विश्वविद्यालयका नाममा फेरी सुरु भयो ओलीको ‘आडम्वरी राष्ट्रवाद’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी ‘आडम्वरी राष्ट्रवाद’ को कार्ड फ्यालेका छन्। भारतलाई विरोध गर्ने नेतालाई ‘धुरन्धर राष्ट्रवादी’ मान्ने नेपाली प्रवृत्तिलाई पटक–पटक उपयोग गर्दै आएका ओलीले पछिल्लो पटक फेरी भारतलाई गाली गर्ने अस्त्रको प्रयोग गरेका छन्।

यसअघि भारतीय नाकावन्दीको विरोध र ०७७ जेठ ७ गते कालापानीसहितको जग्गा समेटेर प्रशासनिक नक्सा जारी गरेपछि राष्ट्रवादी नेताका रुपमा स्थापित हुन खोजेका उनी सोही नक्सासहितको पाठ्य पुस्तक जारी गर्न नदिएर विवादमा परेका थिए। यसैगरी प्रधानमन्त्री छँदा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग वालुवाटारमा गोप्य वार्ता गरेपछि उनको राष्ट्रवादी छवि धुमिल भएको थियो।

अहिले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्ने र भारतबाट आउने तरकारीहरुको जाँच गर्नु नपर्ने आदेशको चर्को विरोध गरेर उनी फेरी राष्ट्रवादी बन्ने दौडमा लागेका छन् । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे ।

‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो,’ ओलीले भने, ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो ।’

‘मुस्ताङमा विश्वविद्यालय(मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ अध्यक्ष ओलीले भने, ‘२०३१ साललाई ठूलो स्केलमा दोहो-याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’

मूलतः तिब्बती शरणार्थीका लागि सञ्चालन गर्न फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न भारत ७० करोड ३३ लाख नेपाली रुपैयाँ अनुदान दिन तयार भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले कलेज निर्माणका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाबाट प्रस्ताव आएको र भारतको अनुदानमा निर्माण गर्ने अनुमतिका लागि नेपालसँग आग्रह गरेको थियो ।

ओलीले भारतबाट विषादी परिक्षणबिना नै तरकारी आयात गर्न दिएको विषयको समेत विरोध गरेका थिए । ‘अहिले सरकारमा बस्नेहरुमा लाजसरम छैन । हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने र नेपालीलाई खुवाउन दिने, मालिक खुसी हुन्छ कि हुँदैन ! नेपाली मरेर के भयो ?’ ओलीले भने, ‘नेपालीको भान्सामा विषादी आएर के भयो ? प्रधानमन्त्रीजीको आदेशमा तरकारी आदि विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन । सबै ठाउँमा संयन्त्र नहुनु बेग्लै कुरा हो । भएकोमा जाँच्नु प-यो नि !’

तरकारीमा विषादी भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको सन्दर्भमा ओलीले यस्तो टिप्पणी गरेका हुन् । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल कृषि मन्त्रालयमा फर्काइएको छ । 

बौद्ध विश्वविद्यालय वौद्ध कलेज

विशेष