News

बानेश्वरको आन्दोलनमा नआएपछि पूर्वराजाप्रति दुर्गा प्रसाई आगो !

बानेश्वरको आन्दोलनमा नआएपछि पूर्वराजाप्रति दुर्गा प्रसाई आगो !

राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलन सुरु गरेका दुर्गा प्रसाईं कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह नआएपछि आक्रोशित भएका छन्।

ज्ञानेन्द्र नआएपछि ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारा लगाईरहेका समर्थकहरूलाई समेत प्रसाईले त्यस्तो नारा नलगाउन भनेका छन्। प्रसाईंले आफ्नो सम्बोधनका क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे ।

प्रसाईले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राखे । आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको दावी गरेका उनले थपे–‘तपाईंहरूले राजतन्त्र जिन्दावाद नभन्नुस् । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु प¥यो नि । हामीसँगै आउनु प¥यो, भिड्नु प¥यो, हामीलाई साथ दिनु प¥यो,’ उनले भने, ‘राजा देखाएर रोटी साट्ने मान्छे होइन, दुर्गा प्रसाईं । राजा देखाएर सांसद बन्दिनँ ।’

एमालेले केन्द्रीय सदस्यबाट हटाएपछि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंबाट आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उनको भनाइ थियो ।

उनले २० लाखसम्मको ऋण मिनाह गर्न आग्रह गरे। प्रसाई राजनीतिक दल र वित्तिय संस्थाप्रति आक्रोशित थिए।
 

दुर्गा प्रसाई

विशेष