शर्मिला वाईबाले विष सेवन नगरेको पुष्टि, किन नाटक गरिन ?

आत्महत्याको प्रयास गरेको भनिएकी अभियान्ता शर्मिला वाईबाले विष सेवन नगरेको पुष्टि भएको छ। ऋषी धमलासँग नाम जोडेर विवादमा आएकी उनलाई विष सेवन गरेको भन्दै अस्पताल भर्ना गरिएको थियो।
शर्मिलाले विष नै सेवन गरेको भनिएपनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन। अस्पताल श्रोतका अनुसार शर्मिलाले विष सेवन गरेको भन्ने घट्ना शंकास्पद देखिएको छ। किनकी वीर अस्पतालमा गरिएको शारीरिक परिक्षणमा विष सेवनको पुष्टि भएको छैन।
बुधवार राती करिव १ वजे विष सेवन गरेको भन्दै उनलाई उपचारका लागि तत्कालै वीर अस्पताल पुर्याईएको थियो। गम्भिर अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर आईसियुमा भर्ना गरिएको थियो। अस्पतालले भने उनी भर्ना हुँदा होसमै रहेको र अब्जर्भेसनका लागि मात्र आईसीयुमा भर्ना गरिएको जनाएको छ।
अस्पताल भर्ना गरिएपछि शर्मिलाको शरीरको रगतमा विषको मात्रा कति प्रतिशत छ भन्ने परिक्षण गर्न रगत टिचिङ अस्पताल लगिएको थियो। तर, परिक्षणमा विषको मात्रा नदेखिएको अस्पताल स्रोतले जनाएको छ।
अहिले उनको स्वासप्रश्वास, ब्लडप्रेसर, धड्कन र मानसिक अवस्था सवै नर्मल छ। यो सवै प्रकरण पछि उनले विष खाएको भन्दै नाटक गरेको हुन सक्ने आशंका गरिएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि अस्पताललाई उधृत गर्दै शर्मिलाको स्वास्थ्य परिक्षणमा विष फेला नपरेको बताएका छन्। ‘अस्पतालले दिएको जानकारी अनुसार रिपोर्टमा त्यस्तो केही छैन। अन्य के भएको हो, अस्पतालले बताउला।’
यो पनि,
शर्मिला वाईबा