News

गोकुल बास्कोटा भन्छन्– कांग्रेसलाई खुट्टामा उभ्याउँछु भन्ने गगन प्रचण्डको पाउ मोल्दैछन्

गोकुल बास्कोटा भन्छन्– कांग्रेसलाई खुट्टामा उभ्याउँछु भन्ने गगन प्रचण्डको पाउ मोल्दैछन्

नेकपा एमालेका नेता गोकुल बास्कोटाले कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको पाउमा तेल घसिरहेको भन्दै खिसी गरेका छन् । 

आज फेसबुकमार्फत उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताएका हुन। 

‘गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन’ उनले लेखेका छन्–‘रामचन्द्र हराऊ, सुवास जिताऊ। प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ। चकचकेको कचकच बन्द हुनै पर्छ। राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम।’

विशेष