News

ओली भन्छन्– माधवलाई राष्ट्रपति बन भन्दा कांग्रेसलाई सोध्न गए

ओली भन्छन्– माधवलाई राष्ट्रपति बन भन्दा कांग्रेसलाई सोध्न गए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले कांग्रेससँग सोध्न गएको भन्दै व्यंग्य गरेका छन्। 

‘राष्ट्रपति खानु भन्दाखेरी कांग्रेसलाई सोधेर आउँछु भनेर रामचन्द्र पौडेलकहाँ सोध्न गए– रामचन्द्रले होइन मलाई नै चाहिन्छ भने,’ शनिवार उनले भने, ‘आठ दलको बैठकमा उहाँ (नेपाल) ले मलाई केपी कमरेडले भेट्नुभयो। कुरा राम्रो छ, राष्ट्रको बारेमा चिन्ता गर्नुभयो भनेर लामै बोल्नुभयो।’

उनले थपे, ‘बैठकमै लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एक जुट भएर जानुप¥यो नि भन्दा हैन त्यो त रामचन्द्र जीलाई छँदैछ नि। त्यसमा त म सहमत नै छु रे। हेर बुद्धि!’

एमालेलाई प्रमुख पार्टी बनाउन नहुने भन्दै आठ दलमा छलफल भएको र आठ दलमा विचार, दिशा नभएको पनि बताए। ‘अब आठ दल पहिलेको जस्तो होइन। धेरै बलियो भएर आयो किनभने एक जना हिरोइनको गरिमामय उपस्थितिमा त्यो बैठक बस्यो। को हिरोइन त मलाई थाहा भएन, सुनेको मैले,’ उनले भने, ‘अब देशले गरिखाला कि! देशले गरी नखाएपनि आठ दलले खाने जस्तो देखियो भनेर मैले टिप्पणी गरेको थिएँ।’
 

विशेष