ग्लोवल टुरिजमले होली तथा ला टोमाटिनो फेस्टिबल आयोजना गर्ने

ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलले होली तथा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने भएको छ । पर्यटन प्रर्वद्धन तथा पर्यटन प्रति यूवा पुस्ताको आकर्षण वढाउन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाली संस्कृतिसँगै बिदेशी संस्कृतिको आदान–प्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने आशा गरिएको छ। यस्ता कार्यक्रमले आफनो संस्कृति बिदेशीलाई चिनाउन र उनीहरुको संस्कृति सिक्ने मौका प्राप्त हुने काउन्सीलका अध्यक्ष धर्मेन्द्र सापकोटाले बताए।
यस्ता कार्यक्रमले दुइ देशको भाइचारा पनि बढने सापकोटाको भनाइ छ । काउन्सीलले यसका अलावा पर्यटन क्षेत्रका स्टेक होल्डरलाई समेटेर होटल तथा पर्यटन अर्बाड आयोजना गर्ने तयारी गरेको छ ।
पर्यटन बोर्डले आफना केही बाध्यताले यस्ता कार्यक्रम आयोजना गर्न नसकेको अबस्थामा निजी स्तरबाट आयोजना हुने यस्ता कार्यक्रमले पर्यटकको बसाइ लम्बिने सापकोटाको दावी गरे । फेस्टिवलमा महिला कवड्डी पनि आयोजना गर्न लागिएको छ।
फागुन २२ गते होलीका दिन नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ ।