News

ओलीको अभिब्यक्ति विरुद्ध ‘बौद्ध संघ’ले जारी गर्यो ध्यानाकर्ष पत्र

ओलीको अभिब्यक्ति विरुद्ध ‘बौद्ध संघ’ले जारी गर्यो ध्यानाकर्ष पत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा वन्न लागेको वौद्ध कलेजका विषयमा दिएको अभिब्यक्तिपछि सार्वजनिक भएका समाचारहरुका विषयमा मुस्ताङ साक्या बौद्ध संघले आफनो धारण सार्वजनिक गरेको छ।

संघले विभिन्न समाचारमा भनिए जस्तो वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याक गाउँ निषेधित र संवेदनशिल क्षेत्र भित्र पर्ने स्थान नभई तल्लो मुस्ताङमा पर्ने सामान्य क्षेत्र भएको जनाएको ।

‘वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ८ फल्याक गाउँ निषेधित र संवेदनशिल क्षेत्र भित्र पर्ने स्थान नभई तल्लो मुस्ताङमा पर्ने सामान्य क्षेत्रको रुपमा रहेको छ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ–‘यस परियोजना तिब्बती शरणार्थीहरुको लागि संचालित नभई यस क्षेत्रमा रहेका स्थानीय समुदाय, गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वौद्ध दर्शन  अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि लक्षित गरी संचालन गर्न लागिएको हो’

मुस्ताङ बौद्धमार्गीहरुको वाहुल्यता रहेको क्षेत्र भएको र यस क्षेत्रमा विभिन्न गुम्बा, गुम्बा विद्यालयहरु रहे पनि बौद्ध दर्शन अध्ययन गर्न चाहने विद्यार्थीहरुको वौद्ध कलेज नभएकाले त्यसको आवश्यक्ता महसुस गरी निर्माण गर्न लागिएको संघले जनाएको छ।

एमालेका अध्यक्ष ओलीले मुस्ताङको वारागुङ–५ स्थित फ्लयाकमा बौद्ध कलेज निर्माण गर्ने कार्यले नेपालको राष्ट्रियता खतरामा पर्न लागेको भन्दै अभिब्यक्ति दिएपछि संघले ध्यानाकर्षण पत्र जारी गरेको हो।
ओलीले शनिबार आयोजित स्थानीय निकाय कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका थिए। उक्त योजना राष्ट्रियता माथिको प्रहार भएको उनको भनाई छ।

‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ अध्यक्ष ओलीले भनेका थिए, ‘२०३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’ ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताएका थिए ।

उक्त योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाए । ‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन् त्यहाँ,’ अध्यक्ष ओलीले भनेका थिए ।

उनले उक्त योजना धेरै खतरनाक कुरा भएकाले यसको सन्दर्भमा लड्नुपर्ने र विरोध गर्नुपर्ने बताए। 

यो पनि,

मुस्ताङ साक्या बौद्ध संघ वौद्ध कलेज

विशेष