News

केपी ओली नै ज्ञानेन्द्रको आगनमा, राजतन्त्र फर्काउने तयारी!

दुर्गा प्रसाईको आन्दोलनमा ओलीले नाति पठाए

केपी ओली नै ज्ञानेन्द्रको आगनमा, राजतन्त्र फर्काउने तयारी!

ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजावादीहरुले अभियान चलाईरहेका वेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि पनि राजा फर्काउन लागेको आरोप लागेको छ। अभियानको पर्दा अगाडि प्रसाई देखिएपनि त्यसको नेतृत्व ओलीले गरिरहेको आरोप छ।

राजतन्त्र फर्काउन ओलीले ज्ञानेन्द्रको आगनमा देउसी खेलिरहेको नेकपा एकिकृत समाजवादीका नेता विरोध खतिवडाले बताएका छन् । एउटा टेलिभिनमा अन्तरवर्ता दिने क्रममा उनले ओलीले आफना नातिमार्फत राजा फर्काउने अभियानको नेतृत्व गरिरहेको आरोप लगाए।

‘राजेन्द्र लिङ्देनलाई माइनस गर्न आफनो नातिलाई राजावादी बनाएर परिक्षण गर्न प्रसाईले गरेको राजावादी अभियान। कति सफल हुन्छ, सफल भयो भने आफु पनि त्यता जाने । मैले त धेरै चोटी..., चुनावभन्दा अगाडि भनेको थिए। लेखेर राख्नोस, केपी ओली आउँदो चुनावमा राप्रपासँग, राजासँग एकता गर्छन’ उनले भने–‘आज फेरी म भन्दैछु, अव कहिले चुनाव होला। २ वर्षपछि, ५ वर्षपछि अव जे होला स्थिती। संसद र संसदको गणितले÷संविधानले दिएसम्म अव भंग गर्न पाईदैन। वहुमत प्रमाणित गर्न सकुन्जेलसम्म भंग गर्न पाईदैन। एउटा त्यो स्थापित भएको छ। यदि वहुमत कसैले प्रमाणित गर्न सकेन भने चुनाव होला, भएन भने ५ वर्ष जान्छ। तर, आउँदो चुनावकोे लागि म भनिराख्छु । अव आउँने केपीजीको फण्डा भनेको, हेरिराख्नु होला। राजावादी जनमत लिएर चुनावमा जो।’

केही हजार मानिस जम्मा गरेर भईरहेको गतिविधिले त्यसको पुस्टि गर्ने उनको भनाई छ। अर्कोतर्फ एमालेका केन्द्रीय सदस्य रहेका प्रसाई ओलीका अनन्य भक्त हुन। केही दिन अघिसम्म ओलीलाई हजुरबा भनेर नथाक्ने प्रसाई अचानक राजावादी अभियानमा आउनुले पनि एमाले र ओलीप्रति शंका हुनु स्वभाविक रहेको जानकारहरु वताउँछन्।

उनीहरुका अनुसार प्रसाई एमालेमै रहेर राजावादी अभियान चलाउने योजनामा थिए। तर, उनको नाम जोडेर एमालेप्रति औला उठ्न थालेपछि बाध्य भएर पार्टीबाट निस्कासित गरेको नाटक मन्चन भएको बताईन्छ। 

यो पनि,

केपी शर्मा ओली दुर्गा प्रसाई विरोध खतिवडा ज्ञानेन्द्र शाह

विशेष