News खेल

मेस्सीले बराबरी गरे रोनाल्डोको कीर्तिमान, एम्बाप्पे बने पीएसजीका सर्वाधिक गोलकर्ता

मेस्सीले बराबरी गरे रोनाल्डोको कीर्तिमान, एम्बाप्पे बने पीएसजीका सर्वाधिक गोलकर्ता

फ्रेन्च लिग वान अन्तर्गत पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा नान्टेसलाई ४–२ गोलअन्तरले अराउँदै पीएसजी विजयी भएको छ। पीएसजीको जितका लागि हालै फिफाको वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका लियोनल मेस्सीले खेलको १२औँ मिनेटमा गोल गरेका थिए।

त्यसपछि जोएन हड्जमले १७औँ मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजी २–० ले अघि बढ्यो। लुडोभिच ब्लासले ३१औँ मिनेटमा गोल गर्दै नान्टेसलाई २–१ को स्थितिमा पु¥याए। इग्नाटियस गानागोले खेलको ३८औँ मिनेटमा गोल गर्दै २–२ मा पु¥याए।

तर, खेलको ६०औँ मिनेटमा डेनिलो पेरेराले गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए। र, खेलमा ९०+२ मिनेट हुँदा फ्रान्सका सुपरस्टार किलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ४–२ को जित दिलाए।

योसँगै मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। युरोपको शीर्ष पाँच लिगमा आबद्ध क्लबका लागि खेलेर ७०१ गोल गर्ने खेलाडीको सूचीमा अब रोनाल्डो र मेस्सी मात्र छन्। 

गोल र असिस्ट दुवै जोड्दा यो मेस्सीको १०००औँ गोल हो। सन् २००४ मा डेब्यू गरेयता मेस्सीले बार्सिलोना र पीएसजीका लागि ७०१ गोल र २९९ असिस्ट गरेका छन्। गोल र असिस्ट दुवै जोड्दा सन् २००२÷००३ को सिजनबाट डेब्यू गरेका रोनाल्डोको संख्या ९१२ मात्र छ।

पीएसजीका लागि भने मेस्सीको गोल संख्या २९ पुगेको छ। यसैगरी, एम्बाप्पेले पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। एम्बाप्पेको गोल संख्या २०१ पुगेको छ। यसअघि यो कीर्तिमान एडिन्सन कभानीसँग थियो। उनले पीएसजीका लागि २०० गोल गरेका थिए। 

फ्रेन्च लिग वान

विशेष