News

आधा घण्टाको फरकमा अछाम र काभ्रेमा दुई भूकम्प

आधा घण्टाको फरकमा अछाम र काभ्रेमा दुई भूकम्प

नेपालको पश्चिमी क्षेत्रमा आधा घण्टाको फरकमा दुई वटा भुकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछाम र काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको हो ।

आइतबार बिहान ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि, आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।

३२ मिनेटको फरकमा देशका भिन्दाभिन्दै स्थानमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको हो ।

अछाममा नयाँ भूकम्प र काभ्रेको धक्का विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । यी भूकम्पका कारण कुनै क्षतिको विवरण आएको छैन । 
 

भुकम्प

विशेष