News

प्रचण्ड भन्छन– राष्ट्रिय/अन्तराष्ट्रिय घेराबन्दीमा परें

प्रचण्ड भन्छन– राष्ट्रिय/अन्तराष्ट्रिय घेराबन्दीमा परें

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू राष्ट्रिय/अन्तर्राष्ट्रिय घेराबन्दीमा परेको वताएका छन् । तर, आफु प्रधानमन्त्री भएकाले यस विषयमा चर्को बोल्न नमिल्ने भन्दै अरुलाई बोल्न प्रेरित गरे।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले भने–– ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’

आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि बिग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’

पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका उनले ‘तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने’ बताए ।

विशेष