News

भारतीय पूर्वराजदुत भन्छन्ः राष्ट्रपति चुनावपछि कांग्रेस–एमाले सरकार बन्न सक्छ

भारतीय पूर्वराजदुत भन्छन्ः राष्ट्रपति चुनावपछि कांग्रेस–एमाले सरकार बन्न सक्छ

राष्ट्रपति चुनावपछि नेपालमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्न सक्ने सम्भावना एक जना भारतीय पूर्वराजदुतले औंल्याएका छन्।

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले भारतीय अखबार डेक्कन हेराल्डमा आफ्नो विचार लेख्दै सन् २०१३ मा जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताएका हुन् ।

एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै तेस्रो विकल्पको रूपमा कांग्रेस–एमालेबीचको गठबन्धनको सम्भावना रहेको उनको आँकलन छ। ‘नेपालमा २०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना रहेको छ’ उनले लेखमा भनेका छन्।

नेपालको राजनीतिक अस्थिरता भए पनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने आशयको आलेखमा रेले यस्तो बताएका हुन् । पूर्वराजदूत रे भारतीय कांग्रेस आईसँग निकट प्रशासक हुन्। तर, पछिल्लो समय उनले कांग्रेस आईसँगको सम्बन्ध त्यागेको अनुमान गरिएको छ। 

यो पनि,

रञ्जित रे

विशेष