News विदेश

गौतम अडानीले कसरी कमाए एक दिनमै ५ अर्व डलरभन्दा वढि 

गौतम अडानीले कसरी कमाए एक दिनमै ५ अर्व डलरभन्दा वढि 

कांग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग नाम जोडेर आलोचना गरेका ब्यवसायी तथा अडानी समूहका अध्यक्ष गौतम अडानीको एक दिनकै कमाई ५ अर्व डलरभन्दा वढि देखिएको छ।

उनको नेटवर्थ एकै दिनमा ५ अर्बभन्दा बढीको उछाल आएको छ। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार विश्वको धनाढ्यको सूचीमा अडानी २४ औं नम्बरमा पुगेका छन्। सेयर बजारमा अडानी समूहको स्टक लगातार उकालो लागेपछि उनको नेटवर्थमा पनि नाफा भएको हो।

अडानीको नेटवर्थ बढेर करिब ५० अर्ब डलर पुगेको छ। अमेरिकी रिसर्च हिन्डनबर्गको रिपोर्ट आएपछि अडानी समूहको सेयरबजार ओराले लागेको थियो। तर, पछिल्लो चार दिनयता यो समूहको स्टक पुनः उकालो लाग्न थालेको छ।

पछिल्लो तीन चारदिनमै अडानीको नेटवर्थमा ११ अर्ब डलर वृद्धि भएको छ। हिन्डनबर्गको रिपोर्टपछि समूहको नेटवर्थमा ३१ अर्ब डलरसम्म गिरावट आएको थियो। सन् २०२३ को सुरूवातमा विश्वका धनाढ्यको सूचीमा दोस्रो नम्बरमा थिए अडानी। विश्वकै सर्वाधिक धनी बन्न एक कमदमात्रै बाँकी थियो।

तर, २४ जनवरीमा हिन्डबर्गको रिपोर्ट आएपछि सबै उथलपुथल भयो। अर्बपतिको सूचीमा उनी शीर्ष ३० भन्दा पनि पछाडि परे। उनको नेटवर्थले निरन्तर आरोलो यात्रा तय ग-यो। अडानीले अहिलेसम्म ७० अर्ब डलरभन्दा बढीको नेटवर्थ गुमाइसकेका छन्।

अडानी समुहको अस्ट्रेलियामा पनि कैयौं परियोजनाहरू सञ्चालनमा छन्। अडानी समूहले कोइलाको ठूलो परियोजना त्यहाँ सञ्चालन गरिरहेको छ। यो परियोजनालाई लिएर अस्ट्रेलियामा ठूलो विरोध भइरहेको छ।

तर, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एबटले अडानी समूहको प्रशंसा गरेका छन्। उनले आरोप लगाउँदैमा कोही दोषी नहुने जिकिर गरेका छन्। ‘आरोप लगाउन सजिलोछ। आरोप लगाउँदैमा कुनै कुरा सही हुँदैन। गल्ती साबित नहुँदासम्म आरोपित निर्दोष नै हुन्छन्,’ उनले भनेका छन्।

हिंडनबर्ग रिसर्चले आफ्नो रिपोर्टमा अडानी समूहमाथि गम्भीर आरोप लगाउँदै कैयौं प्रश्नहरू उठाएको थियो। रिसर्चमाथि छानबिन गर्न भारतको सर्वोच्च अदालतले हालै छानबिन समिति बनाएर प्रतिवेदन बुझाउन भनेको छ।

यो पनि,

राहुल गान्धी नरेन्द्र मोदी गौतम अडानी

विशेष