News खेल

पहिलो ओभरमै सोमपालले लिए नेपालका लागि विकेट

पहिलो ओभरमै सोमपालले लिए नेपालका लागि विकेट

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन्। उनले युएईका ओपनर एवं कप्तान मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरे।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो। 

नेपालका पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरकै उच्च प्रदर्शन हो। आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहँदा प्रतिश जि.सी ११ रनमा अविजित रहे ।

नेपालका लागि सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए। उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे।

कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए। 

युएईका जुनैद सिद्दिकले सर्वाधिक ३ विकेट लिए । रोहन मुस्तफा र अर्यान लर्कानले २–२ विकेट लिए। कार्तिक मयाप्पनको नाममा एक विकेट रह्यो। 
 

विशेष