News

३ महिनादेखि १२ सय कर्मचारीलाई तलवविहिन वनाएर मन्त्रीको दौडमा सुनिल शर्मा

३ महिनादेखि १२ सय कर्मचारीलाई तलवविहिन वनाएर मन्त्रीको दौडमा सुनिल शर्मा

तीन महिनादेखी चिकित्सक तथा कर्मचारीलाई तलवविहिन वनाएर वसेका काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक शुनिल शर्मा मन्त्री बन्ने दौडमा लागेका छन् ।

मेडिकल कलेजमा कार्यरत प्राध्यापक चिकित्सकदेखि कार्यालय सहयोगीसम्म करिब १२ सय कर्मचारीले तलव पाएका छैनन्। तर, शर्मा भने समस्या समाधानतर्फ भन्दा मन्त्री बन्ने दौडमा लागेको स्रोतको दावी छ।

मेडिकल कलेजको आर्थिक अवस्था सामान्य हुँदा पनि तलब नपाएको भन्दै कार्यरत चिकित्सक, नर्स तथा कर्मचारी रुष्ट छन् । व्यवस्थापनसमक्ष गुनासो पनि गरिसकेका छन् । तर, केएमसी व्यवस्थापन पक्षले भने कर्मचारीहरूको गुनासो सुनवाइ गरेको छैन ।

केएमसी दुई वर्षअघि सुनिल शर्माले खरिद गरेका हुन् । अहिले मोरड ३ बाट निर्वाचित सांसदसमेत रहेका शर्माले कलेज व्यवस्थापनको जिम्मा लिएपछि कर्मचारीको सेवासुविधामा समस्या आउन थालेको कर्मचारीहरू बताउँछन् ।

केएमसीमा कार्यरत चिकित्सकले अन्यत्र अभ्यास गर्ने छुट पनि दिईएको छैन। बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म काम गर्दै आएका चिकित्सकहरूलाई तलव भने दिईएको छैन। 

शर्मा भने नयाँ गठबन्धन बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि लबिङमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेससहितका आठदलीय नयाँ गठबन्धन बनेसँगै उनी अहिले शिक्षा वा स्वास्थ्य मध्ये एउटा मन्त्रालय आफूले लिनका लागि लबिङ गरिरहेको कांग्रेस स्रोतले जनाएको छ।

उनी कांग्रेसभित्र शेखर कोइराला समूहको नेताका रूपमा चिनिन्छन्। उनि कुनै बेला माओवादीमा पनि आबद्ध थिए । माओवादी नेता वर्षमान पुननिकट मानिने शर्मा आर्थिक विवादकै कारण माओावदी छोडेर कांग्रेसमा लागेका हुन् । एमाले नेता तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पराजित गरेका शर्माले ढकालले सम्हालेकै मन्त्रालय ताकेका हुन् । केएमसीको विषयमा कुराकानी गर्नका लागि पटक–पटक सम्पर्क गर्न खोज्दा पनि शर्मा सम्पर्कमा आउन चाहेनन् । 

यो पनि

 

सुनिल शर्मा

विशेष