पिसाव खुवाएको रिसमा साथीले मलद्वारबाट रक्सिको बोतल पेटमा छिराईदिएपछि...

रक्सि भन्दै पिसाव खुवाएको रिसले आफनै साथीले एक ब्यक्तिको पेटमा सिसाको सिंगै बोतल छिराई दिएका छन्। रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको मलद्वारबाट हाफ बोतल पेटमा पुर्याईएको हो।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको खुलेको छ । चार दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित समीरको अटो ग्यारेजमा नुर्साद र उनका साथी मोहम्मद समीरसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए।
सो क्रममा नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएको र यो कुरा समीरले थाहा पाई नुर्सादलाई शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खुवाई बेहोस बनाएका थिए। त्यसपछि उनले रक्सीको बोतलको मलद्वारबाट भित्र पसाइदिएको प्रहरीले जनाएको छ।
होसमा आएपछि आइतबार बिहान अचानक पेट दुखेको र स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउँदा पनि ठिक नभएको उनका बुवा नेवाजी मन्सुरीले बताए। निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो ।
पेटको एक्सरे गराउँदा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सकले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिदिए। त्यहाँ थप एक्सरे गरेपछि डा. नारायण बेलबासेले पेटको शल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालेका थिए ।
तर डा. बेलबासेका अनुसार अझै नुर्सादको स्वास्थ्य खतरामुक्त भइसकेको छैन ।
रक्सिको वोतल रक्सीको बोतल