News खेल

युएईले १६३ रन बनाउँदा नेपालले उडायो ६ विकेट

युएईले १६३ रन बनाउँदा नेपालले उडायो ६ विकेट

नेपालले युएईको ६ विकेट गिराएको छ। २३० रनको लक्ष्य पछ्याएको युएईको छैटौं विकेटको रुपमा आयन खान १ रनमा रनआउट भएका छन्। युएईले ३३.५ ओभरमा चौथो विकेटको रुपमा सी रिजवानलाई ७ रनमा गुमायो। यस्तै पाँचौ विकेटको रुपमा रोहान मुस्ताफालाई गुमायो।

चौथो र पाँचौ विकेट सोमपाल कामीले लिए। रिजवानलाई नेपालका सोमपालले दिपेन्द्र सिंह ऐरीबाट क्याच गराए भने मुस्ताफालाई एलबिडब्लूको धरापमा पारे।

६ विकेट गुमाएको युएईले ३८ ओभरमा १६३ रन बनाएको छ। उसलाई जितका लागि १२ ओभरमा ६७ रन चाहिएको छ।आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत घरेलु मैदानको अन्तिम खेल खेलिरहेको युएईको तेस्रो विकेटको रुपमा वृत्य अरविन्द १३ रनमा आउट भए। उनलाई आरिफ शेखले एलबिडब्लूको धरापमा पारे।

त्यसअघि अर्यान लर्कानले अर्धसतक पूरा गरेर आउट भए। ७८ बल खेलेका उनले दिपेन्द्रसिंह ऐरीको एलबिडब्लुको धरापमा पर्नुअघि ४ चौका र १ छक्कासहित ५० रन बनाएका थिए। 

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए। वासिमको विकेटपछि भने नेपालले दोस्रो विकेट निकै संघर्ष गर्नुपरेको थियो।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो। 
 

विशेष