News

राष्ट्रपति भण्डारीले कहिले छोड्छिन् शीतलनिवास, कहाँ हुन्छ बास ?

राष्ट्रपति भण्डारीले कहिले छोड्छिन् शीतलनिवास, कहाँ हुन्छ बास ?

आगामी २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ। नयाँ निर्वाचित हुने राष्ट्रपतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २९ फागुनमा शीतलनिवास छाड्ने भएकी छन्।

भण्डारीले दोस्रो कार्यकाल पूरा गरेर राष्ट्रपतिको सरकारी निवास छाड्न लागेकी हुन्। संविधानले २८ फागुनसम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ। नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग सपथ लिएपछि कार्यभार सम्हाल्नेछन्।

नयाँ राष्ट्रपतिले सपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना रहेका राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

भण्डारी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैंले बनाएको घरमा सर्ने जनाईएको छ। २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन प्रकाशन गरिने निर्वाचन आयोगले बताइसकेको छ। राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्बाङ मैदानमा छन्।
 

राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष