News

ज्ञानेन्द्रले दियो बाले, दुर्गा प्रसाईले पेट्रोल खोज्ने र केशरबहादुरले आगो झोस्ने !

राजावादीको आन्दोलन हिंसात्मक हुने संकेत

ज्ञानेन्द्रले दियो बाले, दुर्गा प्रसाईले पेट्रोल खोज्ने र केशरबहादुरले आगो झोस्ने !

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै राजावादीले काठमाडौंमा सुरु गरेको प्रदर्शन हिन्सात्मक हुने संकेत देखिएको छ। 

व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को आयोजनामा काठमाडौंमा राजावादीहरुको प्रदर्शन भईरहेको छ। प्रदर्शन र सभामा भड्किला अभिब्यक्तिहरु दिएर सर्वसाधारणलाई उत्तेजित वनाउने प्रयास भईरहेका छन्।

महाअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । सभालाई सम्वोधन गर्ने क्रममा पूर्वमन्त्री केशरवहादुर विष्टले आगो लगाउने सम्मको चेतावनी दिएका छन् । उनले राजाले दीप वालेर सुरु गरेको आन्दोलन आगो लगाएर समाप्त हुने वताए ।

‘यो सुरुवात हो, दिप वाल्ने काम श्री ५ महाराजधिराजबाट भईसकेको छ, अव राँको लाउने काम तपाई हाम्रो हो’ उनले भने–‘यो राँकोको दाउरा वटुलेको मात्रै हो आज चै। प्रसाईजी (दुर्गा प्रसाईँ) ले पेट्रोल ल्याउँदै हुनुहुन्छ कहाँ कहाँबाट।’

‘नेपाल आमाको बलात्कार गर्नेलाई सिद्याउँछौ सिद्याँउँछौ भन्नोस’ भन्दै उनले राजतन्त्र र हिन्दुराष्ट्र विरोधीलाई सिद्याउने समेत उद्घोष गरेका छन् ।

विदेशीले विदेशकै लागि बनाएको संविधानबाट शासित भएको यत्तिका वर्ष वितिसक्दा पनि देश र जनताले केही नपाएको वरु प्रचण्डका छोरावुहारीले रजाई गरेको उनको आरोप छ । ‘यत्तिका वर्षको उपलब्धि के भो भने–‘आजभन्दा २२ वर्ष अगाडि ५० लाख टाउकाको मोल भएको मान्छे र ५० लाख मोल राख्ने मान्छे मिलेर १७ हजार मान्छे मारेछन्। दुईटा मिलेर आफनै मुलुकमा लाखौलाख नेपालीलाई घरवार विहिन वनाएछन्। दुईटा मिलेर लाखौलाख नेपालीलाई सुकुम्वासी वनाएर बागमती विष्णुमती र हनुमन्ते खोला कब्जा गरेछन्’ उनले भने–‘पार्टीका नाममा राजनीतिका नाममा, हामीले राजनीतिमा दुःख गर्यौ। प्रचण्डका छोरा वुहारीले पो मोज गरिरहेका छन्। हामी खोला किनारमा वस्न नपाईले भन्छन्’

यस्ता मान्छे पालेर, दशौ हजार मान्छे घाईते बनाएर तिनै दुईटा वैमानले आज फेरी घाँटी जोडेको उनको कथन छ। ‘यिनलाई पद र प्रतिष्ठाबाट नहटाएसम्म र यो संविधानलाई च्यातेर नफालेसम्म नेपाल र नेपालीले शान्ति पाउँदैन’ उनले थपे–‘नेपाल आमाको बलात्कार गर्नेलाई सिद्याउँछौ सिद्याँउँछौ।’

आन्दोलनका नाममा नेपालका दाजुभाई दिदीवहिनीहरुलाई मारेर, विदेशमा गएर सम्झौता गरेर आउने अनि त्यो सम्झौता पनि वहाँ एकथोक गरेर नेपालमा आएर अर्को गद्दारी गरेका वैमानहरुलाई देशले अव खप्न सक्ने विष्टको भनाई छ। ‘दुनियाँमा कहि यस्तो होला ? राजाले नै स्थापना गरिदिएको संसदले आधा रातमा अव राजा छैन भनेको भरमा साह्राको आँखामा छारो हाले’ विष्टले भने–‘जनताले भन्यो, जनताको जनआन्दोलन भनेर छारो हाले।’

विकेका मान्छे, विदेशीले चलाएका मान्छे र विदेशीको दालभात खाएका मान्छे नेपाली नभएको उनको दावी छ। ‘अर्काको नुन खाएका मान्छे हुन। आफनो स्वाभिमान र आफनो धर्मको हत्या गरेर विदेशीको गुलामी गर्नेहरु नेपाली हुन सक्दैनन्।’ विष्टले भने।

यो पनि,

दुर्गा प्रसाई राजावादी

विशेष