News

क्रिकेटर शरद भेषावकर बिरुद्ध अभिनेत्री निशा अधिकारीले हालिन मुद्दा

क्रिकेटर शरद भेषावकर बिरुद्ध अभिनेत्री निशा अधिकारीले हालिन मुद्दा

क्रिकेटर शरद भेषावकर बिरुद्ध उनकै श्रीमती अभिनेत्री निशा अधिकारीले काठमाण्डौं जिल्ला अदालतमा मुद्दा हालेकी छिन्।

अधिकारीले भेषावकरविरुद्ध अंशवण्डा मुद्दा दायर गरेकी छिन्। मुद्दा दर्ता भएसँगै उनीहरुको दाम्पत्य जीवनमा समस्या देखिएको छ। 

अधिकारीले दायर गरेको उक्त मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटवारी गर्न आदेश दिएको छ । अधिकारीले नाबालक छोरालाई समेत अंश भाग लगाउनुपर्ने माग गरेकी छन् ।

अधिकारी र भेषावकरले २०७४ मा विवाह गरेका थिए । उनीहरूले प्रेमलाई विवाहमा परिणत गरेका थिए । २०७५ मा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । अहिले भने दुवै जना नेपालमा नै बसोबास गर्दै आएका छन् ।

निशा फिल्मी करियरमा व्यस्त हुँदा शरद भने राष्ट्रिष क्रिकेट टिममा पर्न सकेनन् । अंशवण्डाको मुद्दा दायर गरे पनि अधिकारीले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । 
 

शरद भेषावकर निशा अधिकारी अशंवण्डा

विशेष